स्पेन युक्रेनसँग पराजित, जर्मनीको बराबरी

आश्विन २८, २०७७ | काठमाडौं

युईएफए नेसन्स लिग फुटबलमा युक्रेनले स्पेनलाई हराएको छ । घरेलु मैदानमा युक्रेनलाई जिताउन भिक्टर स्यागान्कोभले ७६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

स्पेनले पछिल्ला २ बर्षमा पहिलो हार ब्योहोरेको हो । हारका बाबजुत स्पेन ७ अंकमा समुह डीको शीर्ष स्थानमा कायम छ ।

सोही समुहको खेलमा जर्मनी र स्विटजरल्याण्डले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् । गएरातिका अन्य खेलहरुमा लम्बेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले तथा फारोई आईसल्याण्डले एण्डोरालाई २–० ले हराए । 

लात्भिया माल्टासंग १–० ले स्तब्ध पार्यो । अन्य २ खेल भने बराबरीमा सकिएका छन् । लिचेष्टाईन र सान मारिनो तथा साईप्रस र अजरबैजानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।     


प्रतिक्रिया