दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

आश्विन २९, २०७७ | काठमाडौं

राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स् इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । 

प्रतियोगितामा छैठौं जित पार्दै १२ अंकका साथ दिल्ली शीर्ष स्थानमा फर्किएको हो । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १० तथा कोलकाता नाइट राइडर्स ८ अंकसहित शीर्ष चार स्थानमा छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराती भएको खेलमा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थान ८ विकेट गुमाएर १ सय ६१ रनमा सीमित बन्यो । उसका बेन स्टोक्सले सर्वाधिक ४१, रोविन उथप्पाले ३२, सन्जु सामसनले २५, जोस बट्लरले २२ र राहुल टिवेटियाले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । 

 तुशार देशपाण्डे र एन्रिच नोर्टजेले २/२ तथा कागिसो रावडा, रविचन्द्रन आश्विन र अक्षर पटेलले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । उसका शिखर धवन र श्रेयस ऐरले अर्धसतक बनाए । यस्तै, मार्कुस स्टोइनिसले १८ र एलेक्स क्यारिले १४ रन बनाए । राजस्थान जोफ्रा आर्चरले ३, जयदेव उनाडकटले २ था कार्तिक त्यागी र श्रेयश गोपालले १/१ विकेट लिए । 


प्रतिक्रिया