च्याम्पियन्स लिगको नयाँ सिजन आज सुरु हुँदै

कार्तिक ४, २०७७

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आज सुरु हुँदैछ । समूह चरण अन्तर्गत पहिलो दिन आज आठ खेल हुँदैछन् । समूह जी मा इटालियन जायन्ट युभेन्टसले युक्रेनको डीनामो केइभसँग प्रतिस्पर्धा गर्दैछ । 

युभेन्टस आज आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रनेछ । कोरोना भाइरस संक्रमणका कारण उनी सेल्फ आइसोलेसनमा छन् । सोही समूहमा स्प्यानीश जायन्ट बार्सिलोनाले हंगेरीको फेरेन्चभारोसँग प्रतिस्पर्धा गर्नेछ ।

आजै समूह एच मा रहेका म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन पीएसजी पनि आमनेसामने हुनेछन् । समूहको अर्को खेलमा लाइपजिग र इस्तानबुलले प्रतिस्पर्धा गर्नेछन् ।

इङलिस क्लब चेल्सीले सेभियाको मैदानमा खेल्दैछ । लाजियो र बोरुसिया डर्टमन्ड, रेनेस र क्रान्सनोडर तथा जेनिथ र क्लब बर्गबीच पनि आज राति प्रतिस्पर्धा हुनेछ । यसपटक सीमित दर्शकले च्याम्पियन्स लिगका खेलहरु हेर्न पाउने छन् । 

युरोपका केही देशमा अत्यन्त न्यून संख्यामा दर्शलाई मैदान प्रवेश गर्न दिइने भएको छ । कोरोना महामारीले गत सिजन क्वाटरफाइनल देखि नकआउट बनेको च्याम्पिन्स लिगको यो सिजन पुरानै लिग कम नकआउटका आधारमा खेलाइने छ । 


प्रतिक्रिया