नेपाली क्रिकेटरको पीसीआर मंगलबार

मंसिर ८, २०७७ | काठमाडौं

बन्द प्रशिक्षणमा बोलाईएका क्रिकेट खेलाडीको पिसिआर परिक्षण भोली हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीसहित अफिसियलको परीक्षण भोली गर्ने जनाएको हो । 

पर्सि बुधबारबाट बन्द परीक्षण सुरु हुने भएपछि क्यानले उपत्यकाबाहिर रहेका खेलाडीलाई काठमाण्डौ आउन भनेको थियो । प्रशिक्षणमा बोलाईएका सबै खेलाडी काठमाण्डौ आईसकेपनि परिक्षण भने भोली मात्र हुन लागेको हो । 

प्रशिक्षणस्थल त्रिबि क्रिकेट मैदानमै खेलाडीको स्वाव संकलन गरिने क्यानको भनाई छ । अस्पातालमै खेलाडी लगेर परिक्षण गर्दा जोखिम हुने भएकाले अस्पातालको टोलीलाई मैदानमै बोलाएर परिक्षण गराउने निर्णय भएकाले एक दिन ढिला परिक्षण हुन लागेको हो । 

राष्ट्रिय टोलीका फिजियो बिक्रम न्यौपानेका अनुसार भोली साँझ वा पर्सी बिहानसम्ममा सबै खेलाडीको रिर्पोट प्राप्त गर्ने गरी परिक्षणको ब्यबस्था मिलाईएको छ ।

आसन्न लिग टुका खेलको तयारीका लागि क्यानले २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । विदेशी प्रशिक्षक नियुक्तिको प्रक्रियामा रहेकाले अहिले भने टोलीलाई जगत टमाटाले प्रशिक्षण गराउनेछन् । 


प्रतिक्रिया