बर्नलीको जित, साउथ हेम्प्टन र वुल्भरहेम्प्टनको बराबरी

मंसिर ९, २०७७ | काठमाडौं

बर्नलीले ईङ्लिश प्रिमियर लिग फुटवलमा पहिलो जित निकालेको छ । सातौं चरणसम्म जित हात पार्न नसकेको बर्नलीले आठौं चरणको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै सिजनको पहिलो जित हात पारेको हो ।

उसको जितमा खेलको आठौं मिनेटमा क्रिस उडले गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकांश समय बलमा पकड जमाएपनि क्रिष्टलले आधा दर्जन अवसर खेर फाल्दा हार भोग्न बाध्य भयो । ८ खेलबाट ५ अंक जोडेको बर्नली यो जितसंगै रेलिगेशन क्षेत्रबाट माथी उक्लिएको छ ।

गएराती नै साउथ हेम्प्टन र वुल्भरहेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया