क्रिकेटरको पिसिआर परीक्षण आज

मंसिर ९, २०७७ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको आज पिसीआर परीक्षण गर्ने भएको छ । भोलीबाट सुरु हुने बन्द प्रशिक्षण अघि खेलाडी र अफिसियलको कोरोना परीक्षण हुन लागेको हो । 

क्यानले प्रशिक्षण स्थल किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमै पुगेर खेलाडीको स्वाव संकलन गर्ने जनाएको छ । स्टार हस्पिटलको टोलीले खेलाडीको स्वाब संकलन गर्ने छ । क्यानका अनुसार आज राती वा भोली बिहानसम्ममा सबै खेलाडीको रिर्पोट प्राप्त हुने र नेगेटिभ रिर्पोट आउनेहरु भोलीबाट प्रशिक्षणमा बस्नेछन् । 

आसन्न लिग टु का खेलको तयारीमा रहेको नेपाली क्रिकेट ९ महिनापछि मैदान फर्कन लागेको हो । बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक नियुक्तिको चरणमा रहेकाले नेपाली टोलीलाई प्रशिक्षक जगत टमाटाले प्रशिक्षण प्रदान गर्नेछन् ।

बन्द प्रशिक्षणपछि खेलाीलाई राख्ने होटल पुर्ण रुपमा आईसोलेट गरिएको छ भने त्यहाँ अन्य व्यक्तिको प्रवेशमा रोक लगाईएको छ । उनीहरुको आवतजावतका लागि क्यानले आफ्नै बस प्रयोग गर्ने जनाएको छ । स्वास्थ्य मापदण्डका सबै प्रक्रिया अबलम्बन गरि प्रशिक्षण सुरु हुने तयारीमा पुगेको क्यानले जनाएको छ ।  


प्रतिक्रिया