पारस दशककै उत्कृष्ट क्रिकेट खेलाडीको मनोनयनमा

मंसिर ९, २०७७ | काठमाडौं

नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट क्रिक्रेट खेलाडीको मनोनयनमा परेका छन् । 

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड को ६ जनाको अन्तिम सूचीमा पारस परेका हुन् । उनीसँगै स्कटल्यान्डका ३ जना तथा पपुवा न्यू गिनी र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् । 

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ मा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ । सन् २००९ देखि १० वर्ष राष्ट्रिय क्रिकेट टिमको कमानी सम्हालेका पारस अहिलेसम्मकै उत्कृष्ट क्याप्टेन हुन् । 

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसको नेतृत्वमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको थियो । 

उनले नेतृत्व सम्हाल्दा अन्तर्राष्ट्रिय क्रिकेटको सवै भन्दा तल्लो तहमा रहेको नेपाल अहिले एक दिवसीय मान्यता प्रप्त राष्ट्र हो ।

राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका उनी अहिले पनि राष्ट्रिय टोलीका सदस्य हुन् । 


प्रतिक्रिया