कतारी ओलम्पिक कमिटीका महासचिव नेपाल आउदै

मंसिर १७, २०७७ | काठमाडौं

सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबेदार प्रस्तुत गरेको कतारको ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल आज नेपाल आउदैछ ।

कमिटिका महासचिव जसिम रसिद जे ए अल्बुनईन नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो । एक दिने भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले नेपाल ओलम्पिक कमिटिका पदाधिकारीसँग भेटवार्ता गर्नुका साथै ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटिको कार्यालय निरीक्षण गर्नेछ ।

एसियाली खेलकुद आयोजनाको दाबेदारी प्रस्तुत गरेको कतारको प्रतिनिधिमण्डल नेपालको साथ र समर्थन जुटाउन आउन लागेको हो । कतारी टोली भोली दोहा फर्कने छ । एसियन खेलकुद आयोजनाका लागि कतारसँगै उसैको छिमेकी मुलुक साउदी अरेबियाले पनि दाबी प्रस्तुत गरिरहेका छन् । कतारले भने प्रतियोगिताको झण्डा र नारा समेत तय गरिसकेको छ ।

यी दुई मुलुकबाहेक उज्वेकिस्तान, चाईनिज ताईपेई, दक्षिण कोरिया, भारत र फिलिपिन्सले पनि सन् २०३० को आयोजनाका लागि ईच्छा देखाएका छन् । 


प्रतिक्रिया