एटलान्टा र स्पाल कोपा ईटालियाको क्वार्टरफाईनलमा

माघ २, २०७७ | काठमाडौं

एटलान्टा र स्पाल कोपा ईटालिया फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । प्रिक्वार्टरफाईनलमा काग्लीयारीलाई ३–१ गोल अन्तरले हराउँदै एटलान्टाले अघिल्लो चरणमा स्थान बनाएको हो । 

पहिलो हाफमा १–० को अग्रता बनाएको एटलान्टाले दोस्रो हाफमा १ गोल खादै २ गोल थपेको थियो । उसले क्वार्टरफाईनलमा लाजियो र पार्माबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

सासुउलोलाई २–० ले हराउँदै स्पालले पनि क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्पालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । उसले क्वार्टरफाईनलमा युभेन्टसलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । 


प्रतिक्रिया