आर्सनल र क्रिष्टल प्यालेसको बराबरी

माघ २, २०७७ | काठमाडौं

ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल र क्रिष्टल प्यालेसले बराबरीको नतिजा निकालेका छन् । आर्सनल घरेलु मैदानमा क्रिष्टलसँग गोलरहित बराबरीको नतिजामै सिमित बनेको हो ।

६७ प्रतिशत बल पोजिशनको खेलमा आर्सनलले पाएका आधा दर्जन अवसर खेर फाल्दा अंक बाँड्न बाध्य भयो । पछिल्लो नतिजासँगै आर्सनल २४ अंकमा तालिकाको ११ औं स्थानमा कायम छ । क्रिष्टल प्यालेस भने २३ अंकमा तालिकाको १३ औ स्थानमा छ । 

क्रिष्टलको रक्षापक्ति तोड्न आर्सनलका स्टाईकर पूर्णत: असफल बन्दा खेल बराबरीमा सकिएको हो । काउन्टर मुभमा आर्सनलले बनाएका राम्रा अवसरमा क्रिष्टलको रक्षापंक्ति बाधक बनेको थियो । 


प्रतिक्रिया