रियललाई हराउँदै बिल्बाओ फाईनलमा

माघ २, २०७७ | काठमाडौं

एथ्लेटिको बिल्बाओ स्पेनिस सुपर कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराती भएको दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई २–१ गोल अन्तरले हराउँदै बिल्वाओले उपाधि यात्रा तय गरेको हो ।

उसको जितमा दुबै गोल राउल गार्सीयाले गरे । १८ औं मिनेटमा पहिलो गोल गरेका गार्सियाले ३८ औं मिनेटमा पेनाल्टिमार्फत अर्को गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को अग्रता दिलाएका थिए । 

रियलका करिम बेन्जीमाले ७३ औं मिनेटमा गोल गरेपनि त्यसपछि थप गोल गर्न नसक्दा सेमिफाईनलमै रोकिएको हो । बिल्बाओलाई अधिकांश समय दबावमा राखेपनि रियलले आधा दर्जन बढी अवसर खेर फालेको थियो ।

बिल्बाओले सुपर कपको उपाधिका लागि आईतबार बार्सिलोनाको सामना गर्नेछ् । बार्साले पहिलो सेमिफाईनलमा रियल सोसिडाडलाई हराउँदै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।  


प्रतिक्रिया