सूदुरपश्चिम स्पोर्टस अवार्ड चैत्रमा हुने

माघ ४, २०७७

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत्रमा दोश्रो संस्करणको एनएसजेएफ सूदुरपश्चिम स्पोर्टस अवार्ड २०७७ आयोजना गर्ने भएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी आगामी चैत ६ गते सो कार्यक्रम गर्न लागेको जनाएको हो । त्यसका लागि मूल आयोजक समिति र अन्य उप समितिहरु गठन गर्दै तयारी शुरु गरिसकेको मञ्चले जनाएको छ । 

यसअघि प्रथम सूदुरपश्चिम स्पोर्टस् अवार्ड गत वर्ष पुस १५ गते गरिएकोमा दोस्रो संस्करण कोरोना महामारीको प्रभावका कारण केही ढिलो भएको प्रष्ट्याएको छ । अवार्डमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकलाई विभिन्न ९ वटा विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा सूदुरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षकहरुलाई मात्रै समावेश गरिने छ । 

पहिलो संस्करणमा ६ वटा विधामा अवार्ड प्रादन गरिएकोमा दोस्रो संस्करणमा तीन वटा विधाहरु थपिएका छन् । अघिल्लो वर्षमा जस्तै यस वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, बर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम अचिभमेन्ट अवार्डहरुका साथै यो बर्षदेखि पिपल्स च्वाईस अवार्ड तथा सूदुरपश्चिम आईकन महिला र पुरुष विधामा नगद सहित अवार्ड प्रदान गरिनेछ ।  


प्रतिक्रिया