त्रिभुवन आर्मीको लगातार दोस्रो जित

माघ ४, २०७७ | काठमाडौं

मुलपानी क्रिकेट मैदानमा समुह ए अन्तर्गत त्रिभुवन आर्मीले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३३ ओभर ३ बलमा १ सय १५ रनमा अलआउट भयो । क्याप्टेन रबिन्द्र शाहीले ३०, हेमन्त ओलीले १६ र निदेश अधिकारीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुशन भारीले ४, शहाब आलमले २, रोहित पौडेलले २ र हरि चौहानले एक विकेट लिए ।

यसअघि क्याप्टेन बिनोद भण्डारी र अनिल मण्डलले चौथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेपछि आर्मीले ४३ ओभर एक बलमा अलआउट हुँदै १ सय ९५ रनको योगफल तयार पारेको थियो । अनिल ८९ र बिनोद ४१ रनमा आउट भए । दिपेश अधिकारी, राज शाह र दिवन पुनले समान २ विकेट लिए ।

लिगमा भोली बागमती प्रदेश र सुदुर पश्चिम प्रदेश तथा प्रदेश एक र गण्डकी प्रदेश बीच खेल हुनेछ ।  


प्रतिक्रिया