उपाधिका लागि नाओमी र जेनिफरबीच खेल हुने

फाल्गुन ६, २०७७ | काठमाडौं

वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि जापानकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच खेल हुने भएको छ ।

दशौं वरियाताकी अमेरिकन सेरेना विलिएम्सलाई ६–३ र ६–४ को सेटमा पराजित गर्दै तेस्रो वरियाताकी नाओमीले उपाधि यात्रा तय गरेकी हुन् । 

अर्को खेलमा २६ औं वरियाताकी चेक, क्यारोलिना मुचोभालाई ६–४, ३–६ र ६–४ ले पराजित गर्दै २२ औं वरियाताकी ब्राडीले फाइनलमा स्थान पक्का गरिन् । 


प्रतिक्रिया