कोरोना महामारीका कारण रोकिएको बी डिभिजन लिग सुरु

फाल्गुन ११, २०७७ | ललितपुर

कोरोना महामारीका कारण लामो समय रोकिएको सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएका खेलमा नयाँ बस्ती युवा क्लब र खुमलटार युथ क्लब विजयी भएका छन् । 

पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएसनलाई २–१ गोल अन्तरमा पराजित गर्‍यो । सचु गुरुङको गोलबाट नयाँ बस्तीले ८ औं मिनेटमा अग्रता बनाएको थियो । तर, ५७ औं मिनेटमा भुपाल सिंह गुरुङले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

७९ औं मिनेटमा अबय अबय धिमालले गोल गरेपछि नयाँ बस्ती महामारीपछिको पहिलो खेलमा जित निकाल्न सफल भएको हो । एन्फा मैदानमा नै भएको दोस्रो खेलमा खुमलटारले पुल्चोक स्पोर्टस क्लबलाई ५–२ गोल अन्तरमा पराजित गर्‍यो । 

खुमलटारको जितमा महेश राईले २ तथा सविन केसी, आयुष घलान र मनिष शेढाईंले एक/एक गोल गरे । पुल्चोकका लागि किस्मत लिम्बु र मिनबहादुर गुरुङले गोल फर्काएका थिए ।


प्रतिक्रिया