साउथहेम्प्टनबिरुद्ध लिड्सको सहज जित

फाल्गुन १२, २०७७ | काठमाडौं

लिड्स युनाईटेडले ईङलिश प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । गएराती भएको खेलमा साउथहेम्प्टनलाई ३–० गोल अन्तरले हराउँदै लिड्स तालिकाको दशौं स्थानमा पुगेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिड्सले सबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । ४७ औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता बनाएका थिए । ७८ औं मिनेटमा स्टुवार्ड डालस र ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

२५ खेलबाट लिड्स ३५ अंक जोड्दै लिड्स युनाईटेड तालिकाको दशौं स्थानमा पुगेको हो । समान खेलबाट ३० अंक जोडेको साउथहेम्प्टन भने तालिकाको १४ औं स्थानमा छ ।  


प्रतिक्रिया