शहिद स्मारक बी डिभिजन लिग : बाँसबारी क्लब र श्री कुमारी क्लब विजयी

फाल्गुन १२, २०७७ | काठमाडौं

ललितपुरमा जारी शहिद स्मारक बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लब र श्री कुमारी क्लब विजयी भएका छन् ।

 पहिलो खेलमा आज टुसाल युथ क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै बाँसबारी १४ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बाँसबारीलाई जित दिलाउन भिष्मराज घिमिरेले २ र अनिल गुरुङले एक गोल गरे । टुसालका लागि सुनिल धामीले सान्त्वना फर्काए ।

सोहि मैदानमा भएको दोस्रो खेलमा श्री कुमारीले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरमा पराजित गर्‍यो । उसको जितमा आशिष राई एक्लैले चार गोल गरे । नवराज गुरुङले भगवतीका लागि गोल फर्काए ।  


प्रतिक्रिया