आर्सनल, म्यानचेष्टर युनाईटेड र आयाक्स युरोपा लिगको अन्तिम १६ मा

फाल्गुन १४, २०७७ | काठमाडौं

आर्सनल, म्यानचेष्टर युनाईटेड, र आयाक्स युरोपा लिग फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेका छन् । अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले हराउँदै आर्सनलले समग्रमा ४–३ को नतिजासँगै अघिल्लो चरणमा स्थान बनाएको हो । 

यी दुईबीचको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । ग्रीसमा भएको खेलमा पिरे एमेरिक आबुमियाङले २ तथा केईरन थिर्नेले एक गोल गरपछि आर्सनलको अघिल्लो चरणको यात्रा निश्चित बनेको थियो । बेन्फिकाका कुपिडो गोन्काल्भेस र फेरेरियो सिल्भाले एक एक गोल फर्काए ।

दोस्रो लेगमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्दै म्यान युनाईटेड समग्रमा ४–० को नतिजासंगै अघिल्लो चरणमा प्रबेश गरेको छ । पहिलो लेगमा युनाईटेड ४–० ले विजयी भएको थियो । लिलीलाई दोस्रो लेगमा २–१ ले हराउँदै आयाक्सले समग्रमा २–१ को जित निकाल्यो ।

लेष्टर सिटी भने अन्तिम ३२ बाटै बाहिरिएको छ । स्लाभिया प्रागसँग २–० ले पराजित भएसँगै लेष्टर अन्तिम ३२ बाटै बाहिरिएको हो । यी दुईबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

नापोलीलाई समग्रमा ३–२ गोल अन्तरले हराउँदै ग्रनाडाले पनि प्रि–क्वार्टरफाईनलमा स्थान बनाएको छ । अन्य खेलहरुमा जित निकाल्दै रेन्जर्स, साख्तार डोनेत्स्क, मोल्डे, भियारियल, योङ ब्वाईज, डाईनामो किभ र डाईनामो जाग्रेबले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।     


प्रतिक्रिया