युरोपा लिगको प्रिक्वार्टरफाईनल ड्र सार्वजनिक

फाल्गुन १५, २०७७ | काठमाडौं

म्यानचेष्टर युनाईटेड र एसी मिलानको भेट युरोपा लिग फुटबलको प्रिक्वार्टरफाईनलमै हुने भएको छ ।

युरोपा लिगले सार्वजनिक गरेको अन्तिम १६ को ड्र अनुसार म्यानचेष्टर युनाईटेडको प्रतिद्वन्द्वीका रुपमा एसी मिलान परेको हो । त्यस्तै अर्को ईङ्लिश क्लव आर्सनलले ओलम्पियाकोससँग खेल्नेछ । टटनह्यामले डाईनामो जाग्रेभ, रेन्जर्सले स्लाभीया प्राग र ग्रानाडा र मोल्डे प्रतिस्पर्धा गर्नेछन् ।

ड्र अनुसार रोमाले साख्तार डोनेत्स्क, डाईनामो किभले भियारियल तथा आयाक्सले योङ ब्वाईजलाई प्रतिद्वन्द्वी पाएका छन् । प्रिक्वार्टरफाईनलको पहिलो लेग मार्च ११ का लागि तय गरिएको छ भने दोस्रो लेग मार्च १८ मा हुनेछ । 


प्रतिक्रिया