राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट

चैत्र २४, २०७७ | काठमाडौं

घरेलु मैदानमा हुने त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षण सुरु गरेको छ । आजबाट सुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी राखिएको छ ।

 नेदरल्याण्ड्स र मलेसियासँगको सिरिजका लागि क्यानले ११ दिनको बन्द प्रशिक्षण सुरु गरेको हो । बैशाख ४ देखी ११ गतेसम्म चल्ने सिरिजको बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी र करण केसीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । 

त्यस्तै सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम र कमल सिंह ऐरी पनि बन्द प्रशिक्षणमा छन् । अन्य खेलाडीहरुमा सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी रहनेछन् । 

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।


प्रतिक्रिया