किरण ५ वर्षपछि राष्ट्रिय लिगमा

वैशाख २, २०७८ | काठमाडौं

नेपाल सुपर लिग एनएसएलको फ्रेन्चाइज टिम धनगढी फुटबल क्लबले राष्ट्रिय टिमका क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङलाई आइकोनिक प्लेयर घोषणा गरेको छ । विशाल राईलाई यसअघि नै मार्की खेलाडी घोषणा गरेको धनगढीले आज एक कार्यक्रमबीच चेम्जोङलाई आइकोनिक खेलाडी घोषणा गरेको हो । 

पञ्जाव फुटबल क्लबबाट भारतीय आईलीग खेल्दै आएका किरण ५ वर्षपछि राष्ट्रिय लिगमा फर्कन लागेका हुन् । धनगढीले आजै अफ्रिकन खेलाडी आफिज ओलाबालेलाई पनि अनुवन्ध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै धनगढीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । 


प्रतिक्रिया