आईपीएल क्रिकेटबाट खेलाडीहरुले नाम फिर्ता लिन थाले

वैशाख १३, २०७८ | काठमाडौं

भारतमा कोरोना भाइरस संक्रमण उच्च बनेपछि इण्डियन प्रेमियर लिग आईपीएल क्रिकेटबाट खेलाडीहरुले नाम फिर्ता लिन थालेका छन् । भारतमा दैनिक ३ लाख ५० हजारबढीमा संक्रमण देखिन थालेपछि खेलाडीहरु स्वदेश फर्कन थालेका हुन् ।

रोएल च्यालेन्जर्स बैंङ्लोरबाट खेल्दै आएका अष्ट्रेलियाका एडम जाम्पा र केन रिचर्डसनले ब्यक्तिगत कारण देखाउदै आज प्रतियोगिताबाट नाम झिकेका छन् । बैंङलोरले उनीहरु बाँकी खेलका लागि समेत उपलब्ध नहुने पक्का भएको जनाएको छ । राजस्थान रोएल्सका एण्ड्रयु टाईले पनि व्यक्तिगत कारण देखाउदै हिजै प्रतियोगिता छाडेका थिए ।

कोराना महामारीका कारण परिवारका सदस्यहरु प्रभावित भएको भन्दै देल्ली क्यापिटल्सका अफ स्पिनर रविचन्दन अश्विनले पनि आजबाट प्रतियोगिता छाडेका छन् । आश्विनले परिवार कोरोना भाइरसबिरुद्ध संघर्ष गरिरहेकाले आफु प्रतियोगिता खेल्न नसक्ने उल्लेख गरेका छन् । आईपीएल सुरु हुनु अगावै जोस हाजलउड, जोस फिलिप र मिचेल मार्सले भारत छाडेका थिए । 


प्रतिक्रिया