बेलको ह्याट्रिकमा टटनह्यामको शानदार जित

वैशाख २०, २०७८ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा टटनह्याम र आर्सनल विजयी भएका छन् । गएरातिका लागि तय गरिएको लिभरपुल र म्यानचेष्टर युनाईटेडबीचको खेल भने स्थगित भएको छ । 

सेफिल्ड युनाईटेडलाई ४–० ले हराउँदै टटनह्याम शीर्ष पाँचमा पुगेको हो । उसलाई शानदार जित दिलाउन गारेथ बेलले ह्याट्रिक गरे । अर्को गोल सन ह्युङ मीनको नाममा रह्यो । ३६ औं मिनेटमा पहिलो गोल गरेका बेलले ६१ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । 

३४ खेलबाट ५६ अंक सहित टटनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । गएराति नै आर्सनलले न्यू क्यासल युनाईटेडलाई २–० ले स्तब्ध पार्‍यो । यो जितले आर्सनललाई तालिकाको नवौं स्थानमा पुर्‍याएको छ । 

मैदानमा भएको प्रदर्शनका कारण लिभरपुल र म्यानचेष्टर युनाईटेडबीचको खेल भने स्थगित भएको हो ।


प्रतिक्रिया