कोलकात्ता र बैंङलोरबीचको खेल स्थगित

वैशाख २०, २०७८

प्रतियोगिता सुरु भएको २५ दिनपछि इण्डियन प्रेमियर लिग आईपीएल क्रिकेट खेलिरहेका खेलाडिमा कोरोना भाइरस संक्रमण देखिएको छ । खेलाडिमा नै संक्रमण देखिन थालेपछि आईपीएलका बाँकी खेल अन्योलमा परेको छ ।

कोलकात्ता नाइट राईडर्सका २ जना खेलाडिमा संक्रमण पुष्टि भएको छ भने चेन्नई सुपर किङ्सका २ जना कोच र एक सहयोगीमा पनि पोजेटिभ पाइएको छ । खेलाडिमा संक्रमण पुष्टि भएपछि आज हुने भनिएको कोलकात्ता र रोएल च्यालेन्जर्स बैंङ्लोरबीचको खेल स्थगित भएको छ । 

कोलकात्ताका बलरद्वय भरुण चक्रवर्ती र सन्दिप वारियर तथा चेन्नईका सीईओ काशी विश्वनाथम, बलिङ प्रशिक्षक एल बालाजी र एक जना सहयोगी संक्रमित भएका हुन् । कोलकात्ताका अन्य खेलाडिको रिपोर्ट भने नेगेटिभ आएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया