बाबर आईसीसीको प्लेयर अफ दी मन्थ घोषित

वैशाख २७, २०७८ | काठमाडौं

अप्रिल महिनाको आईसीसी प्लेयर अफ दी मन्थ पाकिस्तानका कप्तान बाबर आजम घोषित भएका छन् । नेपाली ओपनर कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पछि पार्दै बाबर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् प्लेयर अफ दी मन्थ घोषित भएका हुन् । 

आईसीसीले ५ दिन अघि अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बाबर आजम, कुशल भुर्तेल र फखर जमानलाई पुरुषतर्फ आईसीसी प्लेयर अफ दी मन्थ अवार्डको मनोनयनमा समावेश गरेको थियो । 

महिनाभरको प्रदर्शन, समर्थकको मत र क्रिकेट पत्रकार र विशेषज्ञहरुको छनोटको आधारमा आईसीसीले २०२१ देखि प्रत्येक महिना प्लेयर अफ दी मन्थले खेलाडीहरुलाई सम्मानित गर्दै आएको छ । 


प्रतिक्रिया