एफए कप फुटबलको उपाधिका लागि चेल्सी र लेष्टर सिटी भिड्दै

जेष्ठ १, २०७८ | काठमाडौं

एफए कप फुटबलको उपाधिका लागि आज राती चेल्सी र लेष्टर सिटी प्रतिस्पर्धा गर्दैछन् । विश्वकै सबैभन्दा पुरानो प्रतियोगिताको यो १ सय ४० औं संस्करण हो ।

वेम्ली स्टेडियममा हुने खेल नेपाली समयानुसार राती १० बजे सुरु हुनेछ । दुबै टोली सिजनको पहिलो उपाधि हात पार्ने योजनामा छन् । सेमिफाईनलमा चेल्सीले म्यानचेष्टर सिटीलाई तथा लेष्टरले साउथहेम्प्टनलाई समान एक शुन्यले हराउँदै उपाधि यात्रा तय गरेका हुन् । एफए कप फुटबलको उपाधि विजेताले १८ लाख पाउण्ड हात पार्नेछ । 

उपविजेता टोलीले ९ लाख पाउण्डमा चित्त बुझाउनेछ । चेल्सी नवौं पटक एफए कपको उपाधि उचाल्ने प्रयासमा रहेको छ । उसले पछिल्लो पटक सन् २०१७/१८ को सिजनमा उपाधि उचालेको थियो । छैटौं पटक फाईनलमा पुगेको लेष्टरले भने हालसम्म उपाधि हात पार्न सकेको छैन ।   


प्रतिक्रिया