नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

जेष्ठ १, २०७८ | काठमाडौं

पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ । 

आज भएको फाईनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंले उपाधि हात पारेको हो । योसँगै काठमाण्डौले यसअघिका दुई भेटमा भोगेको हारको बदला समेत लिएको छ ।

त्रिपुरेश्रस्थित दशरथ रंगशालामा काठमाडौंलाई जिताउन विदेशी खेलाडी मेसुके ओलोमेउले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको २१ औं मिनेटमा ओलोमेउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा धनगढीले काठमाडौंमाथि दबाव बढाएपनि गोल फर्काउन नसक्दा उपविजेतामा चित्त बुझायो ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको धनगढीले १५ लाख रुपैयाँ प्राप्त गर्यो ।

धनगढीले यसअघिका दुबै भेटमा काठमाडौंलाई हराएको थियो । एनएसएलमा बिभिन्न ७ वटा फ्रेन्चाईज टोली सहभागी थिए । 


प्रतिक्रिया