इटालियन ओपन टेनिसको फाइनलमा जोकोविच र नाडाल भिड्ने

जेष्ठ २, २०७८ | काठमाडौं

इटालियन ओपन टेनिसको फाइनलमा विश्व नं १ सर्वियन नोभाक जोकोविच र राफेयल नाडाल भिड्ने भएका छन् । इटालीकै लोरेन्जो सोनेगोलाई ६–३, ५–७ र ६–३ ले पराजित गर्दै जोकोविचले फाइनलमा स्थान पक्का गरेका हुन् । 

दोस्रो सेटको टाइब्रेकमा ३–० ले अघि रहेपनि जोकोविचले ५–७ ले सोनेगोलाई सेट सुम्पिएका थिए । सो सेट डेढघण्टा चलेको थियो । जोकोविचले इटालियन ओपनको फाइनलमा नाडालसँग भिड्न लागेको यो छैटौं पटक हो ।

त्यस्तै नाडालले अमेरिकी रेली ओपेल्कालाई ६–४ र ६–४ ले हराउँदै फाइनलमा स्थान पक्का गरे । पहिलो सेटमा १–२ ले पछि परेका नाडालले ४ वटा ब्रेक प्वाइन्ट बचाएर सेट जितेका थिए । नाडालले इटालियन ओपनको टाइटल ९ पटक जितेका छन् । 


प्रतिक्रिया