फ्रान्सद्वारा युरोकप फुटबलका लागि २६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

जेष्ठ ५, २०७८ | काठमाडौं

फ्रान्सले युरोकप फुटबलका लागि २६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीमा करिम बेन्जिमाले पुनरागमन गरेका छन् । रियल मड्रिडका फरवार्ड बेन्जिमा ६ वर्षपछि टिममा परेका हुन् । यौनकाण्डमा मुछिएपछि बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहँदै आएका थिए ।

 ३३ वर्षीय बेन्जिमाले पूर्व टिम मत माथियुलाई यौन भिडियो पठाएर ब्लाकमेल गरेको आरोप लागेको थियो । तर, उनले आरोपलाई नकार्दै आएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।


प्रतिक्रिया