स्पेनिस ला लिगाको उपाधिको छिनोफानो आज

जेष्ठ ८, २०७८ | काठमाडौं

स्पेनिस ला लिगाको यो सिजनको उपाधिको छिनोफानो आज हुँदैछ । ला लिगाको उपाधि जित्ने बलियो सम्भावना रहेको एट्लेटिको मड्रिडले रियल भालाडोलिडको सामना गर्दा रियल मड्रिडले घरेलु मैदानमा भिया रियलको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजेपछि हुनेछ ।

 एट्लेटिको ७ वर्षपछि उपाधि होडमा उभिएको हो । उसलाई अन्तिम खेल जित्नैपर्छ । रियल मड्रिडले अंक बाँडे मात्रै एट्लेटिकोलाई लिग च्याम्पियन बन्न बराबरी पनि पर्याप्त हुनेछ । रियल र एट्लेटिको दुबैले आजको खेल गुमाए पनि एट्लेटिकोले उपाधि जित्नेछ ।

एट्लेटिकोले पछिल्लोपटक सन् २०१३–१४ को सिजनमा उपाधि जितेको थियो । यता, रियललाई च्याम्पियन बन्न भिया रियललाई हराउनुका साथै एट्लेटिकोले कम्तिमा अंक गुमाउनु पर्नेछ । रियलले जित निकालेको अवस्थामा एट्लेटिकोले बराबरी खेलेमा समान अंक हुँदा हेड टु हेडमा रियल च्याम्पियन बन्नेछ । रियलले अंक गुमाएको खण्डमा उपाधि एट्लेटिकोलाई सुम्पिनेछ । गत सिजनको विजेता रियल लगातार दोस्रो सिजन तथा समग्रमा ३५औं पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ ।


प्रतिक्रिया