जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश

जेष्ठ २९, २०७८ | काठमाडौं

सर्बियन नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । डिफेण्डिङ च्याम्पियन राफायल नाडाललाई गएरातिको सेमिफाइनलमा हराउँदै जोकोविच उपाधि नजिक पुगेका हुन् । शीर्ष वरीयताका जोकोभिचले तेस्रो वरीयताका नाडाललाई ३–६,६–३,७–६र ६–२ को सेटमा पराजित गरे । १३ पटकको फ्रेन्च ओपन च्याम्पियन नाडाललाई एक पटकका विजेता जोकोविचले पराजित गर्न ४ घण्टा बढी समय लागेको थियो ।

उपाधिका लागि जोकोविचले ग्रीसका स्टेफानोस सितसिपाससँग प्रतिस्पर्धा गर्नेछन् । जर्मनीका एलेक्जेन्डर ज्वेरभलाई हराएर सितसिपासले फाइनलमा स्थान पक्का गरेका हुन् ।

त्यस्तै प्रतियोगिताको महिलातर्फको फाइनलमा आज रुसकी एनास्तास्सिया पाब्लुचेन्कोभा र चेक रिपब्लिककी बारबोरा क्रेचीकोभासँग प्रतिस्पर्धा गर्नेछिन् । 


प्रतिक्रिया