जोकोभिचले जिते १९ औं ग्राण्डस्लामको उपाधि

जेष्ठ ३१, २०७८ | काठमाडौं

फ्रेन्च ओपन टेनिसको उपाधि शीर्ष वरियताका सर्बियन नोभाक जोकोभिचले जितेका छन् । गएराती भएको फाईनलमा ग्रीसका स्टेफानोस सितसिपासलाई ३–२ को सेटले हराउँदै जोकोभिचले १९ औं ग्राण्डस्लामको उपाधि हात पारेका हुन् । 

उनी स्पेनी राफायल नाडाल र स्वीस रोजर फेडेररभन्दा एक ग्राण्डस्लाम उपाधिले पछि छन् । नाडाल र फेडेररले समान २० ग्राण्डस्लामको उपाधि हात पारेका छन् ।

पहिलो र दोस्रो सेट ७–६ र ६–२ ले गुमाएका जोकोभिचले त्यसपछिका सेटमा ६–३, ६–२ र ६–४ को जित निकाल्दै उपाधि हात पारेका हुन् । उनको यो दोस्रो फ्रेन्च ओपनको उपाधि हो । यसअघि उनले सन् २०१६ मा उपाधि हात पारेका थिए ।

महिलातर्फको उपाधि भने चेक रिपब्लिककी बारबोरा क्रेजीकोभाले उपाधि हात पारेकी थिईन् । 


प्रतिक्रिया