ईङल्याण्ड र नेदरल्याण्ड्सको विजयी सुरुवात

जेष्ठ ३१, २०७८ | काठमाडौं

ईङल्याण्ड र नेदरल्याण्ड्सले युरोकप फुटबलमा विजयी सुरुवात गरेका छन् । ग्रुप डी अन्तर्गतको खेलमा ईङल्याण्डले बलियो टोली क्रोएसीयाबिरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्यो । 

वेम्बली स्टेडियममा भएको खेलमा ईङल्याण्डलाई जिताउन राहिम स्र्टलिङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्टर्लिङले ५७ औं मिनेटमा गरेको एक मात्र गोल ईङल्याण्डलाई ३ अंक दिलाउन पर्याप्त भयो । समान बल पोजिशनको खेलमा क्रोएसीयाले पाएका आधा दर्जन बढी अवसर खेर फालेको थियो ।

ग्रुप सीको खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई जिताउन जर्जिन्हो विज्नाल्डम, वाउट वेगहोर्ट र डेन्जल डुम्फ्राईजले गोल गरे । युक्रेनका एण्डी यार्मोलेन्को र रोमन यारेमचुकले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । यसै समुहको खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले स्तब्ध पार्यो ।  


प्रतिक्रिया