क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाटमोर नेपाल फर्किए

जेष्ठ ३१, २०७८ | काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल फर्किएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग टु को आसन्न सिरिजको तयारीका लागि वाटमोर नेपाल आएका हुन् । 

घरेलु क्रिकेटका गतिविधि ठप्प भएपछि उनी बैशाखमा श्रीलंका गएका थिए । आज काठमाडौं आएका वाटमोर क्वारेन्टाईनमा बसेका छन् । स्कटल्याण्ड र नामिबियासंगको सिरिज गराउने आईसीसीको तयारीसंगै वाटमोर नेपाल फर्किएका हुन् । यसअघि स्कटल्याण्डमा हुने तालिका रहेपनि आईसीसीले कोरोना माहामारीको कारण देखाउँदै सिरिज स्पेनमा गराउने भएको छ ।

वाटमोर आएसँगै नेपाल क्रिकेट संघले क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने जनाएको छ । प्रशिक्षणको अनुमति लगायतका प्रक्रिया सुरु गरिसकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । लिग टु मा नेपालले हालसम्म घरेलु मैदानको एक मात्र सिरिज खेलेको छ ।   


प्रतिक्रिया