इटली युरोकप फुटवलको नकआउटमा

असार ३, २०७८ | काठमाडौं

इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । स्विट्जरल्याण्ड विरुद्धको खेलमा ३ शुन्यको जित निकाल्दै समुह ए मा रहेको इटाली नकआउट चरण पुग्ने पहिलो टोली बनेको हो । 

उसका लागि म्यानुअल लोकाटेलीले दुई तथा किरो इमोबिलले एक गोल गरे । समुह चरणको पहिलो खेलमा टर्की माथि पनि इटालीले समान ३ शुन्यकै जित निकालेको थियो । गएराती भएको अर्को खेलमा वेल्सले टर्की माथि २ शुन्यको जित निकाल्यो । उसका लागी आरोन राम्से र कोनर रोबर्टस्ले गोल गरेका हुन् ।

गएराती नै भएको दोस्रो चरणको पहिलो खेलमा रसियाले फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्‍यो । पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको फिनल्याण्डको यो पहिलो हार हो । रसियालाई जित दिलाउन पहिलो हाफको अतिरिक्त समयमा एलेक्सी मिरान्चुकले एकमात्र गोल गरे । समुह बी मा बेल्जियम, रसिया र फिनल्याण्डको समान ३ अंक छ भने डेनमार्क अंकबिहीन छ ।


प्रतिक्रिया