नाओमी ओशाकाले विम्बल्डन टेनिश नखेल्ने

असार ४, २०७८

चार पटक ग्राण्ड स्लाम च्याम्पियन जापानकी नाओमी ओशाकाले विम्बल्डन टेनिशबाट नाम फिर्ता लिएकी छिन् । आफ्नो मानसिक स्वास्थ्यलाई कारण देखाउँदै उनले विम्बल्डन नखेल्ने निर्णयमा पुगेको बताएकी छिन् । यद्यपी टोकियो ओलम्पिकमा आफ्ना परिवार र फ्यानहरुको साथमा उपस्थित हुने उनको भनाई छ । 

 यसअघि स्पेनिस खेलाडी राफायल नाडालले पनि विम्बल्डन टेनिस र टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका थिए । २० पटकका ग्राण्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालमार्फत आफुले विम्बल्डन र ओलम्पिकबाट नाम फिर्ता लिएको जानकारी गराएका थिए  ।


प्रतिक्रिया