पोर्चुगल जर्मनीसँग पराजित

असार ६, २०७८ | काठमाडौं

युरोकप फुटबलमा साविक विजेता पोर्चुगल जर्मनीसँग पराजित भएको छ । पोर्चुगलका खेलाडीले गरेको २ आत्मघाती गोलका आधारमा जर्मनीले उसलाई ४–२ गोल अन्तरले हराएको हो । 

क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा दिलाएको अग्रतालाई जोगाउन नसेकोको पोर्चुगलले दुइ गोल उपहार दिएको हो । ३५ आंैं मिनेटमा पोर्चुगलका रुबेन डियास र ड्यानिलो गुरेरोले ३९ औं मिनेटमा आत्मघाती गोल गरेका हुन् । जर्मनीका काइ हयाभेट्ज र रोबिन गोसेन्सले जर्मनीलाई ४–२ को अवस्थामा पुर्‍याएका हुन् । डियोगो जोटाले पोर्चुगलका लागी गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेनन् ।

गएराति भएका अन्य खेलमा फ्रान्स र हंगेरी तथा स्पेन र पोल्याण्डले समान १–१ गोलको को बराबरी खेल्दै समुहचरणमा अंक बाँडेका छन् ।


प्रतिक्रिया