आज थप २ खेल हुँदै

असार ६, २०७८ | काठमाडौं

युरोपका विभिन्न ११ राष्ट्रमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछ । पहिलो दिन आज तेस्रो चरणका २ खेल हुनेछन् । आजका दुबै खेल समुह ए का रहनेछन् । एकै समयमा हुने खेलमा ईटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की प्रतिस्पर्धा गर्नेछन् ।

ईटालीले रोममा वेल्सलाई आतिथ्यता प्रदान गर्नेछ । नेपाली समयानुसार राती पौने १० बजे हुने खेलमा घरेलु टोली लगातार तेस्रो जितसँगै समुह चरणमा शतप्रतिशत नतिजा हात पार्ने प्रयासमा छ । यसअघिका २ खेलमा जित निकाल्दै ईटाली नकआउटचरणमा प्रवेश गरिसकेकाले आज उ दबावमुक्त रुपमा मैदान उत्रने छ । 

एक जित र एक बराबरीसँगै ४ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको वेल्स पनि ईटालीलाई हराउदै नकआउट चरण प्रवेशको योजनामा रहेको छ । यो खेलले समुह एको विजेता टोलीको टुंगो लगाउनेछ ।

यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्की आमने सामने हुनेछन् । वाकुमा हुने खेलमा स्वीट्जरल्याण्ड स्पष्ट जितको खोजीमा रहनेछ । उसले टर्कीलाई पराजित गर्दै ईटालीले वेल्सलाई हराए नकआउट चरण पवेशको सम्भावना कायमै रहनेछ । 

स्वीट्जरल्याण्ड २ खेलमा १ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीट्जरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । शुरुवाती दुबै खेलमा हार भोगेको टर्की प्रतियोगितामा पहिलो अंकको खोजीमा छ ।


प्रतिक्रिया