कोपा अमेरिका : पेरुको पहिलो जित

असार ७, २०७८ | काठमाडौं

कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो ।

 पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २–१ ले विजयी भयो । जितसंगै समूह ’बी’ को पेरुले २ खेलमा ३ अंक जोड्दै तेस्रो स्थान कायम गरेको छ । कोलम्बियाले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसंगै चौंथो स्थानको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ । पुछारको इक्वेडरले २ खेलमा १ अंक जोडेको छ ।


प्रतिक्रिया