राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

असार ८, २०७८ | काठमाडौं

आसन्न प्रतियोगितालाई ध्यानमा राखेर राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज सुरु भएको छ । नेपालले आगामी जुलाईमा स्पेनमा लिग २ क्रिकेट खेल्दैछ । बन्द प्रशिक्षणमा परेका पृथु बाँस्कोटा बाहेक बाँकी १९ जना सहभागी छन् । 

नेपाल क्रिकेट संघ क्यानले गत शुक्रबार २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो । ज्ञानेन्द्र मल्लको कमानीमा रहेको नेपाली टोलीमा अनुभवी खेलाडीहरु पारस खड्का, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी प्रशिक्षणमा छन् । 

कीर्तिमानी कुशल भुर्तेल तथा आरिफ सेख, आसिफ सेख, कुशल मल्ल, कमल सिंह ऐरी, अविनाश बोहोरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, विक्रम सोब र पवन सराफ पनि प्रारम्भिक टोलीमा परेका छन् । 


प्रतिक्रिया