पौडीकी गौरिका सिंहले ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दै

श्रावण १३, २०७८ | काठमाडौं

जापानमा जारी टोक्यो ओलम्पिकमा आज नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । 

उनको खेल नेपाली समय अनुसारी दिउँसो पौने ४ मा सुरु हुनेछ । नेपालका तर्फबाट भोली सरस्वती चौधरी एथलेटिक्सको महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । हिजो भएको खेलमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

पुरुषको १ सय मिटर फ्रीस्टाइलमा एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समय निकाल्दै यसअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा आफैले बनाएको ५६ दशमलव २८ सेकेन्डको कीर्तिमानमा केही सुधार गरेका हुन् । ३२ औं गृष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी चार खेलमा सहभागी छन् ।


प्रतिक्रिया