गौरिकाको राष्ट्रिय कीर्तिमानमा सुधार

श्रावण १३, २०७८ | काठमाडौं

जापानमा जारी टोक्यो ओलम्पिकमा नेपाली पौडीबाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । टोक्यो एक्वेटिक सेन्टरमा आज महिलाको १ सय मिटर फ्रिस्टाइलको हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलव ११ सेकेन्डको समय निकाल्दै यसअघिको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन् ।

 यस अघि गौरिकाको नाममा ५० मिटरको लङ कोर्समा १ मिनेट ०० दशमलव ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा सो कीर्तिमान बनाएकी थिइन् ।


प्रतिक्रिया