टोकियो ओलम्पिकमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

श्रावण १४, २०७८ | काठमाडौं

टोकियो ओलम्पिकमा आज हुने विभिन्न ७ खेलका स्पर्धामा १७ वटा स्वर्णका लागी प्रतिस्पर्धा हुनेछ । जसमध्ये विहान भएका खेलमा ६ वटा स्वर्णको टुंगो लागिसकेको छ । 

विहान भएका स्पर्धामा अष्ट्रेलिया र अमेरिकाले पौडीमा, इटाली र आयरल्याण्डले केनोइमा तथा क्रोयसिया र न्यजिल्याण्डले रोइङ्गमा स्वर्ण जितेका हुन् । आर्टिष्टिक जिम्न्याष्टिक, केनोइ स्लालोम, फेन्सिङ्ग, जुडो, रोइङ्ग, सुटिङ्ग, स्विमिङ्ग र टेबल टेनिसका विभिन्न स्पर्धामा खेल हुनेछन् ।

हालसम्म भएका स्पर्धाका आधारमा जापान स्वर्ण पदक तालिकाको शीर्ष स्थानमा छ । आयोजक जापानको १३ स्वर्ण छ । अमेरिका र चीन समान १२–१२ स्वर्णका साथ तालिकाको दोश्रो र तेश्रो स्थानमा छन् । 

कुल पदकका आधारमा अमेरिका दोश्रो र चीन तेश्रोमा छन् । यसैगरी आरओसी र अष्ट्रेलियाले पनि ७–७ वटा स्वर्ण पदक जितेका छन् । 


प्रतिक्रिया