चौधरी १ सय मिटर दौडको पहिलो चरणबाटै बाहिरिइन्

श्रावण १५, २०७८ | काठमाडौं

टोक्यो ओलम्पिकमा नेपालकी सरस्वती चौधरीले १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी छन् । हिट टु मा प्रतिस्पर्धा गरेको सरस्वतीले १२ दशमलव ९१ सेकेण्डमा दौड पुरा गरेकी हुन् । 

उनी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएकी छन् । उनको हिटमा प्रतिस्पर्धा गरेका ९ जना मध्ये सरस्वती ८ औं स्थानमा रहिन् । यससँगै टोक्यो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । ५ खेलाडी सहभागी भएको यसपटकको गृष्मकालिन ओलम्पिकमा नेपाल सहभागीतामा नै समिति रह्यो । एथ्लेटिक्सकी सरस्वतीसँगै पौडीका एलेक्जेण्डर शाह, गौरीका सिहं, जुडोकी सोनीया भट्ट, र सुटिङ्गकी कल्पना परियारले ओलम्पिकमा सहभागीता जनाएका थिए ।

यसैबीच, टोक्यो आलेम्पिकमा हाल सम्म चीन १६ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक जापान १५ स्वर्णका साथमा दोश्रो स्थानमा छ । तेश्रो स्थानको अमेरिका १४ स्वर्णका साथ यी दुइ मुलुकलाई पछ्याइरहेको छ । चीन, जापान र अमेरिकाबीच स्वर्णका आधारमा तालिकामा तीब्र प्रतिस्पर्धा चलिरहेको छ । 


प्रतिक्रिया