क्रिकेटबाट लासिथ मालिङ्गाको सन्न्यास

भाद्र ३०, २०७८ | एजेन्सी

ट्वान्टी ट्वान्टी क्रिकेट इतिहासका सर्वाधिक सफल बलर श्रीलंकाका लासिथ मालिङगाले क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षीय मालिङ्गाको नाममा ट्वान्टी ट्वान्टी अन्तराष्ट्रियमा १०७ विकेटको कीर्तिमान कायम छ । उनले टेस्ट क्रिकेटबाट सन् २०११ र वान डेबाट सन् २०१९ मा सन्न्यास लिएका थिए । 

सामाजिक सञ्जाल राखिएको भिडियोमार्फत् मालिङ्गाले आफूसँगै खेलेका पूर्व सहकर्मी र टीमलाई धन्यवाद दिएका छन् । सबै खाल ट्वान्टी ट्वान्टीमा उनले ३९० विकेट लिएका छन् ।



प्रतिक्रिया