श्रीलंकाका ओशाडा फर्नान्डोले ललितपुरबाट ईपीएल खेल्ने

भाद्र ३०, २०७८ | काठमाडौं

श्रीलंकाका अलराउण्डर ओशाडा फर्नान्डोले डिफेन्डिङ् च्याम्पियन ललितपुर प्याट्रियट्सबाट एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रीलंकाका अलराउण्डर फर्नान्डोलाई टीममा अनुबन्ध गरेको जानकारी दिएको हो । 

२९ वर्षीय अलराउण्डर फर्नान्डोले श्रीलंकाका लागि टेस्ट, एकदिवसीय र ट्–िटवान्टी क्रिकेट खेल्दै आएका छन् । ललितपुरले चौंथो विदेशी खेलाडीको रुपमा फर्नान्डोलाई टीममा भित्र्याएको हो । 


प्रतिक्रिया