लुम्बिनी फुटसल विजयी

आश्विन ३, २०७८

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगको दोस्रो दिन आज रुपन्देहीका दुई क्लबबीचको प्रतिस्पर्धामा लुम्बिनी फुटसल विजयी भएको छ । पोखरा रंगशालास्थित कभर्डहलमा भएको दिनको पहिलो खेलमा लुम्बिनीले झरना स्पोर्टस्लाई ६–२ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवातदेखि नै प्रभाव कायम गरेको लुम्बिनीले पाँचौं मिनेटमा कप्तान अन्जन थापाको गोलमार्फत अग्रता बनाएको थियो । 

आजै भएको अर्को खेलमा उपाधि दाबेदार मानिएको शंखमूल धरानको फुटसल फाइभसंग ३–३ गोलको बराबरीमा रोकिएको छ । शंखमूलले २–० को अग्रता बनाएर पनि बराबरीमा चित्त बुझाउनुपरेको हो । शंखमूलका लागि सुशान श्रेष्ठले तेस्रो मिनेटमै शुरुवाती गोल गरेका थिए । 


प्रतिक्रिया