नेपाल समूह चरणबाट बाहिरियो

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७८ | काठमाडौं

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपालको यात्रा समाप्त भएको छ । आज भएको खेलमा हङकङसंग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना सकिएको हो । 

नेपालले महिला फुटवलमा ३२ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गरेको थियो । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो । 


प्रतिक्रिया