धरानमा सिंगापुर मितेरी फुटसल हुने

आश्विन ६, २०७८

मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा धरानमा च्यारिटेवल प्रथम सिंगापुर तथा मितेरी फुटसल प्रतियोगिता हुने भएको छ । असोज १० गते देखि १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

सो प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिम गरी धरान, इटहरी, काठमाण्डौ, पोखरा, चितवन, मोरङ्ग, झापा, धनकुटालगायतका करिव ३० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनहि नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मितेरी फुटसलका संचालक एवंम अध्यक्ष लुकेन्द्र राईले बताए ।


प्रतिक्रिया