धरानको द राइजिङ क्लव र शंखमूल फुटसलको जित

आश्विन ६, २०७८

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आज धरानको द राइजिङ क्लव र शंखमूल फुटसलले जित हात पारेका छन् । पोखरास्थित कभर्डहलमा भएको पहिलो खेलमा दि राइजिङले झरना स्र्पोट्सलाई ५–३ ले पराजित गर्‍यो । यसअघिका दु्बै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको राइजिङ क्लब आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । रुपन्देहीको झरना स्र्पोट्सले अहिलेसम्म जित हात पारेको छैन ।

आजै भएको दोस्रो खेलमा शंखमूल फुटसलले प्रभातफेरिलाई ७–४ गोल अन्तरले पराजित गरेको छ । यसअघि फुटसल फाइभसँग बराबरीमा रोकिएको शंखमुलले हिजो घरेलु टोली स्र्पोट्स क्यासलसँग २–२ को बराबरी खेलेको थियो । प्रभातफेरि युथ क्लब भने यसअघिकै दुबै खेल पराजय व्यहोरेको थियो ।


प्रतिक्रिया